बार्सिलोना ला लिगाको शीर्ष स्थानमा
- काठमाडौंएटलेटिको म्याड्रिडलाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । मेट्रोपोलिटान स्टेडियममा गएराति भएको खेलमा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै घरेलु टोली एटलेटिको म्याड्रिडलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।
यो जितसँगै बार्सिलोना अंक तालिकाको शीर्षमा उक्लिएको हो । एटलेटिकोले खेलको ४५ औं मिनेटमा जुलियन एल्भारेजको गोलबाट अग्रता लिएको थियो ।
एलेक्जान्डर सोरलोथले ७० औं मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । त्यसपछि रोबर्ट लेवनडोस्कीले ७२ औं र फेरान टोरेसले ७८ औं मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।
लामिन यामल र फेरान टोरेसले दोस्रो हाफको अतिरिक्त समयमा गोल गरेपछि बार्सिलोनाले नतिजा आफ्नो पक्षमा पारेको हो । यो नतिजापछि बार्सिलोनाको २७ खेलबाट ६० अंक भएको छ ।
एक खेल बढी खेलेको रियल म्याड्रिड ६० अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । पराजित एटलेटिको भने ५६ अंकसहित तेस्रो स्थानमा रह्यो ।