खेलकुद

म्यान युनाइटेडले लेस्टर सिटीलाई हरायो

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीमाथि सहज जित निकालेको छ । किङ्ग पावर स्टेडियममा गएराति भएको खेलमा म्यान युनाइटेडले घरेलु टोली लेस्टरलाई ३–० गोलले पराजित गरेको हो । 

युनाइटेडको जितमा रसमस होजलन्ड, एलेजान्ड्रो गारन्चो र ब्रुनो फर्नान्डेजले गोल गरे । खेलको २८ औं मिनेटमा होजलन्डले म्यान युनाइटेडलाई अग्रता दिलाएका थिए । 

गारन्चोले ६७ औं र फर्नान्डेजले ९० औं मिनेटमा गोल गरेका थिए । यो जितपछि युनाइटेड ३७ अंकका साथ तालिकाको १३ औं स्थानमा रह्यो । हारले लेस्टरमाथि भने रेलिगेसन दबाब अझ बढेको छ । 

लेस्टर १७ अंकसहित १९ औं स्थानमा कायम रहेको छ । यो लिग तालिकाको सुरक्षित स्थानबाट अझै नौ अंकको दूरी हो । इपस्विच टाउन, लेस्टर र साउथह्याम्पटन रेलिगेसन क्षेत्रमा संघर्षरत छन् ।