खेलकुद

साफ यू–१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

- केएफएम डेस्ककाठमाडौं

भारतको अरुणाचल प्रदेशमा हुने साफ यू–१९ पुरुष च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।

नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्दा, वैशाख ३० मा दोस्रो खेल चिरप्रतिद्वन्द्वी भारतको सामना गते गर्नेछ ।

नेपाल रहेको समूह ‘बी’ मा भारत र श्रीलङ्का छन् ।समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र भुटान रहेका छन् ।

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतियोगिताको पहिलो दिन वैशाख २६ मा बङ्गलादेश र माल्दिभ्स तथा श्रीलंका र भारतबीच खेल हुनेछ ।च्याम्पियनसिप वैशाख २६ देखि जेठ ४ गतेसम्म हुनेछ।