बी डिभिजन लिगमा श्री भगवतीको लगातार दोस्रो जित
- काठमाडौंशहिद स्मारक बी डिभिजन लिग फुटबलमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई २–० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको हो ।
श्री भगवतीको जितमा सुलेमान थापा मगर र दीपेश श्रेष्ठले एक÷एक गोल गरे ।
लगातारको दोस्रो जित निकालेको श्री भगवतीले ६ अंक बनाएको छ ।
यसअघि श्री भगवतीले पहिलो खेलमा आरसीटीलाई ३–१ को हराएको थियो ।
दोस्रो खेलमा पहिलो हार बेहोरेको ब्रिगेड ब्वाइजसँग ३ अंक छ । उसले पहिलो खेलमा श्री कुमारीलाई २–१ ले हराएको थियो ।