पीएम कप क्रिकेटमा बागमती र कर्णालीको जित
- काठमाडौंबागमती प्रदेशले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई ६९ रनले हराएको छ । सिद्धार्थ क्रिकेट मैदानमा आज भएको खेलमा बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो ।
त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रन बनाएको थियो ।जितसँगै बागमती ५ खेलमा ४ अंक जोड्दै छैठौं स्थानमा उक्लिएको छ । पराजित गण्डकी ५ खेलमा २ अंकका साथ आठौं स्थानमा छ ।
उता, भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा भएको खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशमाथि १ सय २७ रनको फराकिलो जित हासिल ग¥यो । कर्णालीले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटियो ।
त्यसअघिपहिले ब्याटिङ गरेको कर्णालीले निर्धारितओभरमा ९ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो ।जितसँगै कर्णाली ५ खेलमा दोस्रो जितका साथ अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । पराजित कोशी छैठौं खेलमा २ अंकका साथ तालिकाको पुछारमा छ ।