खेलकुद

एपीएफ क्लब राष्ट्रिय महिला फुटबलको फाइनलमा प्रवेश

- केएफएम डेस्ककाठमाडौं

सशस्त्र प्रहरीको एपीएफ क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

भरतपुरस्थित कृष्णपुर खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा आज भरतपुर–२४ लाई ११–० को फराकिलो गोल अन्तरमा गोल गर्दै एपीएफले उपाधि यात्रा तय गरेको हो ।

 एपीएफको जितमा रश्मिकुमारी घिसिङ र अनिता केसीले समान ४–४ गोल गरेका थिए । दोस्रो सेमिफाइनलमा भोलि त्रिभुवन आर्मी र रौतहट फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

 प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक चितवन जिल्ला फुटबल संघले जनाएको छ ।