लेस्टर सिटीमाथि न्युक्यासलको सहज जित
- काठमाडौंन्युक्यासल युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा रेलिगेसनको खतरामा रहेको लेस्टर सिटीमाथि सहज जित निकालेको छ । किङ्ग पावर स्टेडियममा गएराति भएको खेलमा न्युक्यासलले घरेलु टोली लेस्टर सिटीलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
यो जितसँगै म्यानचेस्टर सिटीलाई उछिन्दै न्युक्यासल अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । न्युक्यासलको ३० खेलबाट ५३ अंक भएको छ ।
एक खेल बढी खेलेको म्यानचेस्टर सिटी ५२ अंकका तालिकाको छैटौं स्थानमा रह्यो । तीन अंक हात पारेसँगै न्युक्यासलको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायमै रहेको छ ।
न्युक्यासलको जितमा जेकोब मर्फीले खेलको दोस्रो र ११ औं मिनेटमा दुई गोल गरे । खेलको ३४ औं मिनेटमा हार्भी बन्र्सले न्युक्यासलका लागि तेस्रो गोल गरे ।
यो हारसँगै लेस्टर सिटी भने इंग्लिस फुटबल लिगको इतिहासमा घरेलु मैदानमा बिना गोल लगातार आठ खेलमा हार बेहोर्ने पहिलो टिम बनेको छ । तालिकाको १९ औं स्थानमा रहेको लेस्टरको ३१ खेलबाट मात्र १७ अंक छ ।