पब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुन ६ सदस्यीय नेपाली टोली उज्वेकिस्तान प्रस्थान
- काठमाडौंपब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली उज्वेकिस्तान प्रस्थान गरेको छ ।
पर्सी बिहिबारदेखि बैशाख १ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट सुविन प्रजापति, मौसम गुरुङ, दीपेश गुरुङ र अजय श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । नेपालको कप्तानी सुविन प्रजापतिले सम्हाल्ने छन् ।
प्रशिक्षकमा विपुल भट्टराई तथा व्यवस्थापकमा संगीता गुरुङ रहेका छन् । प्रतियोगितामा विश्वभरका १६ टोलीले प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्नेछन् । त्यसमा ७ टोली अन्तिम चरणमा पुग्नेछन् । अन्तिम चरणमा पनि १६ टोलीले नै प्रतिस्पर्धा गर्नेछन् ।