कुवेतले दियो नेपाललाई १८६ रनको लक्ष्य
- काठमाडौंहङकङमा जारी चारदेशीय टी–२० सिरिज क्रिकेट प्रतियोगितामा नेपालले कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ । पहिला ब्याटिङ गरेको कुवेतले नेपाललाई १ सय ८६ रनको लक्ष्य दिएको छ ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय ८५ रनको योगफल बनाएको हो । कुवेतका लागि क्लिन्टो अन्टोले सर्वाधिक ४१ रन बनाए । मीत भवसरले ३५ रन बनाउँदा बिलाल तहिरले ३२ रन जोडे ।
बलिङमा नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । सोमपालले चार ओभरमा ३६ रन खर्चिए । यस्तै, नन्दन यादवले २, ललित राजवंशी र कुशल भुर्तेलले एक/एक विकेट लिए ।
नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । हिजोबाट सुरु भएको प्रतियोगिता अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको थियो । यस सिरिजमा नेपालसहित कुवेत, कतार र हङकङ सहभागी छन् ।