नेपालले टी–२० आई सिरिजमा हङकङसँग प्रतिस्पर्धा गर्दै
- काठमाडौंनेपालले चार देश सम्मिलत टी–२० आई सिरिज क्रिकेट अन्तर्गत आफ्नो तेस्रो खेलमा आज घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल र हङकङबीचको खेल मिसन रोड ग्राउण्डमा बिहान ११ बजे सुरु हुनेछ ।
जारी प्रतियोगितामा अपराजित नेपाल ह्याट्रिक जितको लक्ष्यमा छ । यसअघिका दुई खेलबाट चार अंक जोड्दै नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ । ने
पालले आफ्नो पहिलो खेलमा कतारलाई ८ विकेट र दोस्रो खेलमा कुवेतलाई ६ विकेटले हराएको थियो । अपराजित नेपाल हङकङमाथि जित हात पार्दै आफ्नो लयलाई कायम राख्न चाहन्छ । यसअघिका दुवै खेलमा ओपनर कुशल भुर्तेलले शानदार ब्याटिङ गरेका थिए ।
यता घरेलु टोली हङकङ आफ्नो पहिलो खेलमा कुबेतसँग चार विकेटको पराजित भएको थियो । दोस्रो खेलमा भने कतारलाई ६८ रनले हराएको थियो । हङकङ २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।
अर्को खेलमा अहिले कतार र कुवेतबीच प्रतिस्पर्धा भईरहेको छ । कुवेत दुई अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ भने अंकविहीन कतार पुछारमा छ ।