क्रिकेटर पूजा महतो मानार्थ खेलकुद अधिकृत नियुक्त
- महोत्तरीमहोत्तरीको गौशाला नगरपालिकाले नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी सदस्य पूजा महतोलाई मानार्थ खेलकुद अधिकृत नियुक्त गरेको छ ।
नेपाली यू–१९ महिला क्रिकेट टिमकी कप्तान समेत रहेकी महतोलाई नगरपालिकाको मानार्थ खेलकुद अधिकृत पदमा नियुक्त गरेको हो ।
गौशाला–११ निवासी महतोलाई नगरपालिकाको शिक्षा तथा खेलकुद शाखामा मानार्थ खेलकुद अधिकृत पद सृजना गरी अधिकृतस्तर छैठौ श्रेणी अनुसारको पारिश्रमिक प्रदान गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारीले बताउनुभयो ।
नगरपालिकाको कार्यपालिका र १३ औ हिउँदे नगर सभाबाट क्रिकेट खेलाडी महतोलाई सम्मान गर्दै मानार्थ खेलकुद अधिकृतमा नियुक्त गरिएको प्रवत्ता रामपृत महतोले बताउनुभयो ।