खेलकुद

नेपाल सुपर लिगमा ललितपुर र झापाबीच १–१ गोलको बराबरी

- केएफएम डेस्ककाठमाडौं

काठमाडौंमा जारी तेस्रो संसकरणको नेपाल सुपर लिग फुटबलमा अहिलेसम्म जितविहीन रहेको टोली झापा एफसी डिफेन्डिङ च्याम्पियन टोली ललितपुर सिटिलाई बराबरीमा रोकेको छ । 

 त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा दुबै टोलीले १–१ गोल गोलको बराबरी खेलेका हुन् । ललितपुरका लागि ५४ औं मिनेटमा नवीन लामाले गोल गर्दै अग्रता दिलाए पनि त्यसको ११ मिनेटपछि झापाका लागि ६५ औं मिनेटमा लाकेन लिम्बूले पुनरागमन गोल गरेसँगै ललितपुर बराबरीमा रोकिएको हो ।

 बराबरीसँगै ललितपुरले ६ खेलबाट १२ अङ्क बनाउँदै शिर्ष स्थानमा उक्लिएको छ भने जितविही रहेको झापा एफसी समान खेलबाट ५ अङ्सहित छटौं स्थानमा यथावत छ ।