एनएसएलः लिग चरणको अन्तिम खेलमा धनगढीमाथि चितवन ३–१ गोलले विजयी
- काठमाडौंकाठमाडौंमा जारी नेपाल सुपर लिग फुटबल अन्तर्गत लिग चरणको अन्तिमखेलमा एफसी चितवनले धनगढी एफसीलाई पराजित गरेको छ ।
खेलको ७ औं मिनेटमा धनगढीका जर्ज कार्कीले गोल गर्दै अग्रता लिएको खेलमा चितवनले पुनरागमन गर्दै ३–१ गोलको जित निकालेको हो । चितवनका लागि नोडिर म्याभलोनोभले १४ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दा जय गुरुङले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाएका थिए । तर ५१ औं मिनेटमा धनगढीका अमृत श्रेष्ठले आफ्नै पोस्टमा गोल गरेपछि चितवनले ३–१ गोलको जित निकालेको हो ।
आजको खेलको नतिजासँगै चितवन ६ खेलबाट १० अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने पराजित भएको धनगढी एफसी समान खेलबाट ११ अंक सहित दोस्रो स्थानमा यथावत छ । डिफेन्डिङ च्याम्पियन टोली ललितपुर सिटि एफसी १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।
आजको खेलसँगै जारी नेपाल सुपर लिग फुटबलको पहिलो क्वालीफायरमा ललितपुर र धनगढीबीच प्रतिस्पर्धा हुँदा दोस्रो क्वालीफायरमा चितवन एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ ।