धनकुटामा भलिवल उत्सव सुरु
- धनकुटाधनकुटामा आजबाट पहिलो भलिवल उत्सव सुरु भएको छ । भलिबल संघ धनकुटाले सदरमुकामको तल्लो टुँडिखेलमा भलिवल उत्सव आयोजना गरेको हो ।
नयाँ खेलाडी उत्पादन र भलिवल खेलप्रति आकर्षण बढाउान उत्सव कै रुपमा प्रतियोगिता आयोजना गरिएको भलिवल संघ धनकुटाका अध्यक्ष गौरव कार्कीले बताउनुभयो । पन्ध्र दिनसम्म सञ्चालन हुने उत्सवमा धनकुटाका सात स्थानीयतहका ६० वटै वडाबाट खेलाडीको टीम सहभागि हुने बताइएको छ ।
अहिलेसम्म २० ओटा वडाका भलिवल खेलाडी सहभागि हुने ४३ खेलको तालिका सार्वजनिक गरिएको छ । यस्तै ६ वटा स्थानीयतहबाट सहभागी महिला भलिवलका ९ वटा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।