नेपाल र बंगलादेशबीच काठमाडौंमा अर्को साता कबड्डी सिरिज हुने
- काठमाडौंनेपाल र बंगलादेशको राष्ट्रिय महिला कबड्डी टोलीबीच टेस्ट सिरिज आयोजना हुने भएको छ ।
नेपाल कबड्डी संघको आयोजनामा हुने प्रतियोगिता पर्सि आइतबारदेखि वैशाख १२ गतेसम्म सातदोबाटोस्थित तेक्वान्दो हलमा चल्नेछ । ५ दिवसीय महिला टेस्ट म्याचमा नेपाली टोलीको कप्तानी मानमती विष्टले गर्नेछिन् ।
कप्तान विष्टले टोलीको तयारी राम्रो रहेको र सुखद नतिजा अपेक्षा गरिरहेको बताइन् । संघका महासचिव अरविन्द कुमार झाले विगत एक वर्षयता टोलीलाई बन्द प्रशिक्षण राखेको र दीर्घकालीन योजना लिएर अघि बढेको बताए । सिरिजका लागि बंगलादेशको टोली भोली नेपाल आइपुग्ने छ ।
नेपाल र बंगलादेशको संघबीच वर्षको ३–३ खेल एक अर्काको देशमा सिरिज आयोजना गर्ने जानकारी दिइएको छ । यसअघि नेपालको पुरुष टोलीले यसअघि बंगलादेश भ्रमणमा १–४ को हार बेहोरेको थियो ।