नवौं पटक यू–१९ विश्वकप क्रिकेट खेल्ने नेपालको सपना समाप्त
- काठमाडौंआगामी वर्ष जिम्क्बाबे र नामिबियामा हुने यू–१९ विश्वकप क्रिकेटका लागि नेपाली टोली छनोट हुन असफल भएको छ । वर्षाका कारण मैदान भिजेपछि नेपाल र अफगानिस्तानको युवा टोलीबीचको खेल रद्दभएसँगै नेपाली टोली विश्वकप छनोटका लागि असफल भएकोहो ।
खेल हुन नसकेपछि दुबैटोलीलले १–१अङ्क बाँडेका थिए । अङ्क बाँडेपछि दुवैटोलीको ७ अङ्क भए पनि अफगानिस्तान नेट रनरेटमा अघि रहँदै विश्वकपका लागि छनोट भएको हो । नेट रन रेटमा अफगानिस्तानको ४ दशमलव ८१ र नेपालको ३ दशमलव ५७ अङ्क थियो ।
नेपाल, ओमान, यूएई अफगानिस्तान र हङकङ समावेश यो प्रतियोगिता राउन्ड रोबिनको आधारमा भइरहेको छ र विजेता टोली आईसीसी यू–१९ विश्वकपमा पुग्ने प्रावधान थियो । यसअघि नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको यू–१९ विश्वकपमा अफगानिस्तानलाई १ विकेटले पराजित गरेको थियो ।
त्यसपछि नोभेम्बरमा यूएईमा भएको एसिया कपमा पनि नेपालले अफगानिस्तानमाथि विजय हात पारेको थियो । यो प्रतियोगिता अघि नेपाल र अफगानिस्तान यू–१९ ले तीन खेलको शृंखला खेलेका थिए, जसमा अफगानिस्तान २–१ ले विजयी भएको थियो ।