लिजेन्डरी खेलाडी रोबर्टो कार्लोस नेपाल आउँदै
- काठमाडौंब्राजिली फुटबलका लिजेन्डरी खेलाडी रोबर्टो कार्लोस नेपाल आउँदै छन् । काठमाडौंमा जारी नेपाल सुपर लिग फुटबलको अवसर पारेर कार्लोस आज नेपाल आउन लागेका हुन् ।
उनको आगमनसँगै नेपाली फुटबल प्रशंसक उत्साहित हुने अपेक्षा गरिएको छ । दशरथ रंगशालामा जारी नेपाल सुपर लिगमा उनी अतिथिका रुपमा सहभागी हुनेछन् ।
सन् २०१६ तिर उनले व्यावसायिक फुटबल खेल्न छाडेका थिए । उनलाई विश्व फुटबल इतिहासकै सर्वकालीन महान खेलाडीमध्ये एक मानिन्छ । विश्व खेलकुदका ठूला नाम मध्ये कार्लोस नेपाल आउनेमा एकमा पर्नेछन् ।
काठमाडौं बसाइका क्रममा उनले नेपाली समर्थकलाई भेट्ने छन् भने दशरथ रंगशालामा हुने नेपाल सुपर लिगको क्वालिफायर–टू पनि हेर्ने तालिका छ । विश्व फुटबलका उत्कृष्ट डिफेन्डर मध्येका एक कार्लोसले सन् १९९२ मा ब्राजिलको सिनियर टिममा डेब्यु गरेका थिए ।