राष्ट्रिय महिला भलिबल प्रतियोगीतामा आर्मी क्लबको पहिलो जित
- काठमाडौंकाठमाडौंमा आयोजित राष्ट्रिय महिला भलिबल प्रतियोगीतामा त्रिभुवन आर्मी क्लबले पहिलो जित हात पारेको छ ।
राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको पहिलो खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । आर्मीले एभरेस्टलाई २५–१६, २५–१८ र २५–१७ को सोझो सेटमा हरायो । जितसँगै आर्मीले दुई खेलबाट ३ अंक बनाएको छ । एपिएफको एक खेलबाट ३ अंक छ ।
अर्को समुहमा नेपाल पुलिस क्लब र टिपटप न्यु डायमण्ड मात्र रहेकाले दुवै टिम सेमिफाइनलमा पुगिसकेका छन् । हिजो पुलिसले न्यु डायमण्डलाई हराएकाले भने पुलिस समुह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
प्रतियोगितामा कुल ५ टिमको सहभागीता रहेको छ । विजेताले उपाधिसहित ४ लाख ९९ प्राप्त गर्दा, दोस्रो र तेस्रो हुने टिमले क्रमश २ लाख ५० हजार र १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।