साफ यू–१९ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा
- काठमाडौंसाफ यू–१९ पुरुष फुटबल च्याम्पियनसिप २०२५ का लागि नेपाली टोलीको घोषणा भएको छ ।
नेपाल यू–१९ राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले अन्तिम टोलीको घोषणा गरेका हुन् । आगामी मे ९ देखि १८ सम्म भारतमा आयोजना हुने प्रतियोगितामा ६ टोली सहभागी हुनेछन् । नेपाल रहेको समूह ‘बी’मा आयोजक भारत र श्रीलंका छन् । यस्तै, समूह ‘ए’ मा माल्दिभ्स, भुटान र बंगलादेश छन् ।
समूह चरणका खेलपछि दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । नेपालले आफ्नो पहिलो खेल मे ११ मा श्रीलंकासँग खेल्दा, दोस्रो खेल मे १३ मा भारतसँग खेल्नेछ । पछिल्लो पटक सन् २०२४ मा नेपालमै भएको साफ यू–२० च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो ।