एएफसी वुमन्स एसियन कप क्वालिफायरका लागि ४८ खेलाडी बन्द प्रशिक्षणमा
काठमाडौंएएफसी वुमन्स एसियन कप क्वालिफायरको तयारीका लागि ४८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।
महिला फुटबल टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रारम्भिक चरणमा ४८ खेलाडीलाई बोलाएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फाका अनुसार बन्द प्रशिक्षण यहि बैशाख २१ गतेदेखि सुरु हुनेछ ।
एन्फाले महिला राष्ट्रिय टिमका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक नियुक्त गर्ने प्रक्रिया सुरु गरेपनि तत्कालका लागि राजेन्द्र तामाङले नै महिला टिमलाई प्रशिक्षण दिनेछन् । आगामी असार १५ देखि २१ गतेसम्म हुने वुमन्स एसियन कप क्वालिफायरसम्म महिला टिममा नयाँ प्रशिक्षक आउने एन्फाले जनाएको छ ।
क्वालिफायरको समूह एफमा रहेको नेपालले उज्वेकिस्तान, श्रीलंका र लाओससँग खेल्नेछ ।