राष्ट्रिय हक्की प्रतियोगिता यसै साता हुने
-नेपाल हक्की संघको आयोजनामा यसै साता राष्ट्रिय हक्की प्रतियोगिता हुने भएको छ । राष्ट्रिय पुरुष हक्की प्रतियोगिता वैशाख १७ देखि वैशाख २६ गतेसम्म हँुदा, राष्ट्रिय महिला हक्की प्रतियोगिता बैशाख १८ देखि बैशाख २६ गतेसम्म हुने संघले जनाएको छ ।
दुवै प्रतियोगिता ललितपुरको च्यासल फुटबल मैदानमा हुनेछ । पुरुषतर्फ ८ तथा महिला तर्फ ४ टिमले प्रतिस्पर्धा गर्ने छन् । पुरुषतर्फ सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । यस्तै, महिलातर्फ राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा हुनेछ । शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।