लिभरपुल कीर्तिमान २० औं पल्ट प्रिमियर लिग च्याम्पियन
- काठमाडौंलिभरपुलले कीर्तिमान २० औं पल्ट इंग्लिस प्रिमियर लिग पलुटबलको उपाधि जितेको छ । घरेलु मैदान एनफिल्ड स्टेडियममा भएको खेलमा टोटनहमलाई ५–१ गोलले पराजित गर्दै लिभरपुल च्याम्पियन बनेको हो ।
लिभरपुलले चार खेल अगाडि नै लिग उपाधि जित्ने निश्चित भएको हो । टोटेनहमका डोमिनिक सोलाङ्केले खेलको १२ औं मिनेटमा गोल गर्दै लिभरपुलाई दबाबमा पारे ।
लिभरपुका लुइस डियाजले खेलको १६ औं मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि लिभरपुलका लागि एलेक्सिस म्याक एलिस्टर, कोडी गाक्पो, मोहम्मद सलाहले समान एक–एक गोल गरे । डेस्टिनी उडोगीले खेलको ६९ औं मिनेटमा आत्मघाती गोल गरेपछि लिभरपुलको अग्रता बढ्यो । उपाधि जित्नका लागि लिभरपुललाई एकै अंक मात्र आवश्यक थियो ।
यो जितसँगै शीर्ष स्थानको लिभरपुलको अब ८२ अंक भएको छ । यो दोस्रोमा रहेको आर्सनलमाथि १५ अंकको अग्रता हो । यसअघि लिभरपुलले सन् १९९० घरेलु मैदानमा उपाधि जितेको हो ।
लिभरपुलले सन् २०२० मा भने कोरोना महामारीका कारण खाली रंगशालामा उपाधि जितेको थियो ।
योसँगै लिभरपुलले इंग्ल्यान्डमा सबैभन्दा बढी २० पल्ट उपाधि जितेको पारम्परिक प्रतिद्वन्द्वी कीर्तिमान म्यानचेस्टर युनाइटेडसँग बराबरी गरेको छ । लिगको अर्को खेलमा बर्नमाउथ र म्यानचेस्टर युनाइटेडले १–१ गोलको बराबरी खेलेका छन् ।