खेलकुद

लायन्स कप अन्तर्राष्ट्रिय आमन्त्रित भलिबलः इरानको टिम सेमिफाइनलमा प्रवेश

- केएफएम डेस्ककाठमाडौं

इरानी भलिबल टिम पोखरामा जारी प्रथम लायन्स कप अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । 

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै इरानी टोली सेमिफाइनल पुगेको हो । इरानी टिमले पहिलो सेट २५–१४ ले जित्यो । 

गण्डकीले दोस्रो सेटमा पुनरागमन गर्दै २५–१७ को जित निकाल्यो । इरानी टिमले तेस्रो सेट २५–१८ र चौथो सेट २७–२५ ले आफ्नो पक्षमा पा¥यो । इरानी टिमले यसअघि हिजो भएको उद्घाटन खेलमा सशस्त्र प्रहरी बल एपीएफलाई ३–१ को सेटमा पराजित गरेको थियो । 

समूह ‘ए’ अन्तर्गत अन्तिम खेल गण्डकी प्रदेश र एपीएफबीच हुनेछ । भोली हुने सो खेल जित्ने टिम समूह ‘ए’बाट सेमिफाइनल प्रवेश गर्नेछ ।