खेलकुद

पाकिस्तानद्वारा आईपीएलको प्रत्यक्ष प्रशारणमा प्रतिबन्ध

- केएफएम डेस्ककाठमाडौं

भारत प्रशासित क्षेत्र कास्मिरस्थित पहलगाम आक्रमणपछि बढ्दो तनावकाबीच पाकिस्तानले इन्डियन प्रिमियर लिग आईपीएलको प्रशारण बन्द गरेको छ । 

आक्रमणपछि दुवै देशले एक अर्काबीच विभिन्न क्षेत्रमा प्रतिबन्ध लगाइरहेका बेला पाकिस्तानले आइपिएलको प्रशारणमा रोक लगाएको हो । यसअघि भारतले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रशारणमा प्रतिबन्ध लगाएको थियो । 

पीएसएल प्रतिबन्धसँगै पाकिस्तानी खेलाडीका सामाजिक सञ्जाल पनि भारतमा बन्द गरिएको छ । जसमा पाकिस्तानी क्रिकेटर बाबर आजम, मोहम्मद रिजवान, शोएब अख्तर, शाहिन शाह अफ्रिदी, वासिम अकरम जस्ता कैयौं सेलिब्रेटीहरु छन् । त्यसको बदलास्वरुप पाकिस्तानले आईपीएल प्रशारणमाथि प्रतिबन्ध लगाएको हो ।