खेलकुद

लायन्स कप आमन्त्रित पुरुष भलिबलः इरानी टोली फाइनलमा प्रवेश

- केएफएम डेस्ककाठमाडौं

इरानी टोली पोखरामा जारी प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

 पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको पहिलो सेमिफाइनलमा इरानी टोलीले त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराउँदै फाइनलको यात्रा तय गरेको हो । पहिलो सेट आर्मीले २५–२० ले जितेपनि त्यसपछिका सेट इरानको टोलीले २५–२०, २८–२६ र २५–२३ ले जित्न सफल भयो ।

 प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४ सय ४४ र दोस्रो हु्ने टोलीले २ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्नेछ ।