बी डिभिजन लिग फुटबलमा बाँसबारी विरुद्ध झापा विजयी
- काठमाडौंझापा फुटबल क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा जित हात पारेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज सम्पन्न खेलमा झापाले बाँसबारी युथ क्लबलाई २–० ले पराजित गरेको हो ।
झापाको जितमा शेरबहादुर धिमाल र असिमजंग कार्कीले गोल गरे । खेलको नवौं मिनेटमा झापाले शेरबहादुरको गोलमार्फत अग्रता लिएको थियोे । ९०औं मिनेटमा असिमले अर्को गोल थप्दै जित पक्का गरे ।
जितसँगै झापा १० खेलबाट १२ अंकसहित आठौं स्थानमा उक्लिएको छ । समान खेल खेलेको बाँसबारी १५ अंकसहित चौथो स्थानमा छ ।