पीएसजी च्याम्पियन्स लिगको फाइनलमा
- काठमाडौंआर्सनललाई पराजित गर्दै पेरिस सेन्ट–जर्मेन पीएसजी यूइएफले च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । पेरिसको पार्क दे प्रिन्स रंगशालामा भएको सेमिफाइनलको दोस्रो लेगमा आर्सनललाई २–१ गोलले पराजित गर्दै घरेलु टोली पीएसजी उपाधि नजिक पुगेको हो ।
पीएसजीले सेमिफाइनलमा आर्सनलमाथि समग्रमा ३–१ गोलले जित निकालेको हो । खेलको २७ औं मिनेटमा फाबियान रुइजले पीएसजीलाई अग्रता दिलाए । ७२ औं मिनेटमा असरफ हकिमीले अर्को गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।
खेलको ७६ औं मिनेटमा बुकायो साकाल गोल गरेपनि आर्सनलका लागि पर्याप्त भएन । बाँकी समयमा अग्रता जोगाउँदै यो सिजन च्याम्पियन्स लिगको सबैभन्दा युवा टिम पीएसजीले फाइनलमा स्थान सुरक्षित गर्यो ।
अब पीएजसजीले उपाधिका लागि इन्टर मिलानको सामने गर्नेछ । यसअघि बार्सिलोनालाई पराजित गर्दै इन्टर मिलानले च्याम्पियन्स लिग फुटबलको फाइनलमा स्थान सुरक्षित गरेको हो ।