खेलकुद

कान्तिपुरकर्मी हिमेशको “स्वर्णकथाः नेपाली फुटबलको” लोकार्पण

- केएफएम डेस्ककाठमाडौं

कान्तिपुर दैनिकका पत्रकार हिमेश बज्राचार्यले तयार पारेको “स्वर्णकथाः नेपाली फुटबलको” पुस्तक प्रकाशित भएको छ ।

 काठमाडौंमा आयोजित कार्यक्रममा पुस्तक लोकार्पण भएको हो । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान राजु काजी शाक्यले पुस्तकको लोकार्पण गरेका हुन् । 

लोकार्पण समारोहमा एन्फा महासचिव किरण राई, प्रवक्ता सुरेश शाह, वरिष्ठ पत्रकार युवराज घिमिरे, खेलाडी सन्तोषी श्रेष्ठलगायत उपस्थित थिए । बज्राचार्यले फुटवलमा लामो समय देखि कलम चलाउँदै आउनुभएको छ ।