दक्षिण अफ्रिकाले पहिलो पटक जित्यो टेस्ट च्याम्पियनसिपको उपाधि
- काठमाडौंदक्षिण अफ्रिकाले पहिलो पटक टेस्ट च्याम्पियनसिप क्रिकेटको उपाधि जितेको छ ।
लड्र्समा सम्पन्न खेलमा साविक विजेता टोली अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले उपाधि जितेको हो । यो सँगैै दक्षिण अफ्रिकाले सन् १९९८ पछि पहिलो पटक पटक पटक पुरुष सिनियर आईसीसी ट्रफी जित्न सफल भएको छ ।
अस्ट्रेलियाले दिएको २ सय ८२ रनको लक्ष्य दक्षिण अफ्रिकाले आज चौथो दिनको खेलको पहिलो सत्रमा ५ विकेटको क्षतिमा पूरा ग¥यो । दक्षिण अफ्रिकाका लागि एडन माक्र्रमले शानदार शतकसहित १ सय ३६ रन बनाउँदै टोलीलाई जिततर्फ अघि बढाएका थिए ।
दक्षिण अफ्रिकाले चौथो दिन आज २ सय १३ रन बनाउँदा २ विकेटको अवस्थाबाट खेल सुरु गरेको थियो । यस अघि सन् २०२३ मा भएको टेस्ट च्याम्पियनसिपको उपाधि अस्ट्रेलियाले जितेको थियो । त्यसअघि सन् २०२१ मा भने न्यूजील्याण्डले उपाधि उचालेको थियो ।