अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डको सामाना गर्दै
-स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० क्रिकेट सिरिज अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डको सामाना गर्दैछ । ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा नेपाल र स्कटल्यान्डबीचको खेल नेपाली समयअनुसार साँझ पौने ८ बजे सुरु हुनेछ ।
नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको थियो । यस श्रंखलामा नेपाल ३ खेलबाट २ मा जित निकाल्दै ४ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । स्कटल्यान्ड भने ३ खेलमा १ मा जित र दुईमा हार बेर्होर्दै २ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।
नेपाल पहिलो खेलमा नेदरल्यान्डसंग पराजित भएपनि पछिल्ला दुई खेल जित्दै लयमा फर्किएको छ । नेपालले हिजो राती नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको हो । नेपाल आफ्नो लयलाई निरन्तरता दिन चाहन्छ । सिरिजमा तीन टोलीले डबल राउन्ड रोबिनमा एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । सिरिजको शीर्ष स्थानमा रहने टोली विजयी हुनेछ ।