हेटौंडामा आजबाट राष्ट्रिय नेकोस कप महिला भलिबल हुँदै
- काठमाडौंनेपाल स्पोर्ट सेन्टर(नेकोस) को आयोजनामा आजबाट हेटौंडामा राष्ट्रिय नेकोस कप महिला भलिबल प्रतियोगिता सुरु हुँदै छ । प्रतियोगिताका सम्पूर्ण खेलहरु हेटौंडा–४ हुप्रचौरस्थित भलिबल कोर्टमा हुने छ ।
प्रतियोगिताको उद्घाटन दिउँसो ३ बजे हुनेछ । प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोट्र्स क्लब, मधेश, गण्डकी र बागमती प्रदेश गरी ६ टोलीको सहभागिता रहने आयोजक नेपाल स्पोर्ट सेन्टरका अध्यक्ष अनिलकुमार रिजालले जानकारी दिए ।
प्रतियोगिताको विजेता टोलीले ५ लाख, उपविजेताले ३ लाख, तेस्रो हुनेले एक लाख र चौथो हुने टोलीले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । असार ११ सम्म हुने प्रतियोगिता लिगकम नकआउटको आधारमा हुनेछ ।