खेलकुद

ग्रान्डस्लाम विम्बल्डनको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सले गर्ने

- केएफएम डेस्ककाठमाडौं

विश्व टेनिसको प्रतिष्ठित ग्रान्डस्लाम विम्बल्डनको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सले गर्ने भएको छ । 

कान्तिपुर म्याक्सले जुन ३० देखि जुलाई १३ सम्म लन्डनमा हुने विम्बल्डन नेपालमै पहिलो पटक आधिकारिक प्रसारण गर्न लागेको हो । 

दुई साता लामो प्रतियोगिताको प्रत्यक्ष प्रसारण अघि हरेक दिन प्रि म्याच कार्यक्रम पनि राखिने जानकारी दिइएको छ ।