खेलकुद

नेपालले अस्ट्रेलियामा टप इन्ड टी–२० सिरिज खेल्ने

- केएफएम डेस्ककाठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियामा टप इन्ड टी–२० सिरिज खेल्ने भएको छ ।

आईसीसी टी–२० विश्वकप एसिया छनोटको तयारीका लागि नेपालले अस्ट्रेलियामा क्रिकेट प्रतियोगिता खेल्न लागेको हो । प्रतियोगिता अस्ट्रेलियाको डार्विनमा अगस्ट १४ देखि २४ सम्म हुनेछ ।

सो प्रतियोगितामा सहभागी हुने अन्य टिम र खेल तालिका भने प्रकाशित हुन बाँकी छ । टी–२० विश्वकप लगातार दोस्रोपटक खेल्ने लक्ष्य लिएको नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग तीन खेलको टी–२० सिरिज खेल्ने तयारी छ ।

वेस्ट इन्डिजसँग खेलेपछि नेपाल विश्वकप छनोट खेल्न ओमान जानेछ । ओमानमा ९ टोलीबीच प्रतिस्पर्धा हुनेछ भने शीर्ष ३ टिम आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा छनोट हुनेछ ।