खेलकुद

एसिसी मेन्स यु–१६ इस्ट जोन कपको उपाधिका लागि नेपाल र सिंगापुर खेल्ने

- केएफएम डेस्ककाठमाडौं

नेपालले एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेटको उपाधिका लागि सिंगापुरसँग खेल्ने भएको छ । आज भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेट पराजित गरि सिंगापुरले नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो । हङकङले दिएको १ सय ६९ रनको लक्ष्य सिंगापुरले ३८ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

 नेपालले आजै भएको पहिलो सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गरि फाइनलमा स्थान बनाएको थियो । नेपाल र सिंगापुर एकै समूहमा रहेका थिए । समूह चरणको खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो । गत संस्करणको फाइनलमा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । नेपाल र सिंगापुरबीचको फाइनल खेल आगामी शनिबार हुनेछ ।