पोर्चुगिज फरवार्ड डियोगो जोटाको कार दुर्घटनामा निधन
- काठमाडौंइंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका पोर्चुगिज फरवार्ड डियोगो जोटाको कार दुर्घटनामा निधन भएको छ ।
स्पेनको जमोरा प्रान्तमा आज भएको सो दुर्घटनामा जोटाको निधन भएको हो । दुर्घटनामा २८ वर्षीय पोर्चुगिज फरवार्डसहित उनका भाई आन्द्रे सिल्भाको निधन भएको छ । २६ वर्षीय आन्द्रे पोर्चुगलको दोस्रो श्रेणी क्लबबाट व्यावसायीक फुटबल खेल्थे ।
जोटा लिभरपुलका प्रमुख खेलाडी थिए । उनले गत सिजन लिभरपुललाई प्रिमियर लिग उपाधि दिलाउन महत्वपूर्ण भुमिका खेलेका थिए । साथै गत महिना पोर्चुगलबाट यु.ए.फा नेसन्स लिग सेमत जितेका थिए । पोर्चुगल फुटबल महासंघले दुई उत्कृष्ट खेलाडी गुमाएको भन्दै शोक व्यक्त गरेको छ ।