इस्ट जोन कप विजेता टोलीका खेलाडीलाई ५० हजार दिइने
- काठमाडौंनेपाल क्रिकेट संघ क्यानले एसीसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँसहित सम्मान गर्ने भएको छ । गत शनिबार मलेसियामा सम्पन्न सो प्रतियोगिताको फाइनल खेलमा नेपालले सिङ्गापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।
प्रतियोगितामा सहभागी टोलीका सदस्यलाई क्यानले जनही ५० हजार रुपैयाँ प्रदान गर्ने क्यानद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपालले समूह चरणका सबै खेल जितेको थियो । समूह चरणमा नेपालले सिङ्गापुर, जापान, इन्डोनेसिया र भुटानलाई पराजित गरेको थियो ।