टि–ट्वान्टी विश्वकप एसिया छनोटः नेपालले पहिलो खेल कुवेतसँग खेल्ने
-नेपालले टि–ट्वान्टी विश्व कपको एसियाली तथा पूर्वी एसिया प्यासिफिक छनोटको पहिलो खेलमा कुवेतको सामना गर्ने भएको छ ।
ओमानमा आगामी असोज २२ गते छनोट प्रतियोगिता सुरु हुँदैछ । नेपालले पहिलो दिन कुवेतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने भएको हो ।
आज सार्वजनिक खेल तालिका अनुसार नेपालले दोस्रो खेलमा असोज २४ गते जापानसँग खेल्नेछ ।
सुपर सिक्सको शीर्ष ३ मा रहने राष्ट्रले अर्को वर्ष भारत र श्रीलंकामा आयोजना हुने विश्व कपमा सहभागीता जनाउनेछन् । विश्वकप छनोटमा नेपाल, कुवेत र जापान सहित ९ राष्ट्रको सहभागिता रहने छ ।