कर्णाली याक्सको प्रशिक्षक तथा क्रिकेट निर्देशकमा ज्ञानेन्द्र मल्ल नियुक्त
- काठमाडौंकर्णाली याक्सले नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको दोस्रो सिजनका लागि नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई फेरि प्रशिक्षक तथा क्रिकेट निर्देशकमा नियुक्त गरेको छ ।
पहिलो सिजनमा मल्लको प्रशिक्षणमा कर्णाली याक्स दोस्रो क्वालिफायरसम्म पुगेको थियो । क्लबका अनुसार मल्लसँग एक वर्षको सम्झौता गरिएको हो ।
कर्णाली याक्सले यस सिजनका लागि मार्की खेलाडी सोमपाल कामीसहित सात खेलाडीलाई निरन्तरता दिएको छ । रिटेन गरिएका खेलाडीहरुमा गुलशन झा, नन्दन यादव, बिपिन प्रसाद शर्मा, दिपेन्द्र रावत, अर्जुन घर्ति र युनिष सिंह ठकुरी छन् ।