खेलकुद

नेपालले जित्यो आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयरको अवार्ड

- केएफएम डेस्क

नेपाल क्रिकेट संघ क्यानले एसियाली क्षेत्रको आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयरको अवार्ड जितेको छ ।

 नेपालले लगातार दोस्रो पटक यो अवार्ड जितेको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले गत जेठमा आइसीसी डेभलपमेन्ट अवार्डको सूची सार्वजनिक गरेको थियो । नेपालसँगै यस विधामा अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा र इएपी रिजनबाट इन्डोनेसिया विजयी भएका थिए ।

 सिंगापुरमा भएको आइसीसीको वार्षिक कन्फरेन्समा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले सो अवार्ड ग्रहण गरेका हुन् ।