एनपीएल सिजन टुः साउन २४ मा अक्सन हुने, ४ सय ५८ जनाद्वारा नाम दर्ता
- काठमाडौंदोस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटका लागि आगामी साउन २४ गते अक्सन हुने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले आज विज्ञप्ती जारी गर्दै प्रतियोगितामा सहभागी ८ टोलीलाई खेलाडी छनोट गर्नका लागि अक्सन हुने जनाएको हो । अक्सनका लागि ४ सय ५८ जना नेपाली खेलाडीले नाम दर्ता गराएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
एनपीएल क्रिकेटका लागि क्यानले गत जुलाई १२ देखि २२ सम्म १० दिनको अवधि तोकेर नाम दर्ता प्रक्रिया खुलाएको थियो । नाम दर्ता गराएका ४ सय ५८ खेलाडीबारे क्यानको प्राविधिक समितिको मापदण्ड र फ्रेन्चाइज टोलीको मागको आधारमा अक्सनमा सहभागी हुने खोलाडीको अन्तिम सूची प्रकाशन गरिने क्यानले जनाएको छ ।
दोस्रो संस्करणको एनपीएलका केही टोलीहरुले भने आफ्नो नाम र लोगोमा केही परिमार्जन गनरेका छन् । काठमाडौं गुर्खाजले आफ्नो नाम काठमाडौं गोर्खाज बनाउँदै लागो समेत परिवर्तन गरेको छ ।
यस्तै चितवन राइनोज र लुम्बिनी लायन्सले पनि आफ्नो लोगोमा केही परिमार्जन गरेका छन् । गत वर्ष भएको पहिलो संस्करणको एनपीएल क्रिकेटको उपाधि सुदुरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले जितेको थियो ।