खेलकुद

महिला युरो कपको फाइनल आज

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

यूइएफए महिला युरो कप फुटबलको उपाधिका लागि साबिक विजेता इंग्ल्याण्डले विश्व च्याम्पियन स्पेन प्रतिस्पर्धा गर्ने भएको छ । स्वीट्जरल्यान्डको सेन्ट ज्याकोब पार्कमा इंग्ल्याण्ड र स्पेनबीचको फाइनल खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । 

इंग्ल्याडको पुनरागमन यात्रा र स्पेनको लगातारको विजयी अभियानबीच उपाधि भिडन्त रोमाञ्चकताले भरिपूर्ण हुनेछ । साविक विजेता इंग्ल्याण्ड इटालीलाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । 

स्पेनले भने दोस्रो सेमिफाइनलमा जर्मनीलाई १–० गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । फिफा महिला विश्वकप २०२३ मा समेत यी दुबै टोली आमनेसामने भएका थिए । 

सन् २०२२ को विजेता इंग्ल्यान्ड एक पटक फेरि आफ्नो उपाधि जोगाउने लक्ष्यमा छ । २०२३ को विश्वकप विजेता स्पेन पहिलो युरो उपाधि जित्न आतुर देखिन्छ ।