यू–२० महिला एसियन कप छनोटको लागि तयार
- काठमाडौंएएफसी यू–२० महिला एसियन कप छनोट भोलीबाट भुटानमा सुरु हुँदैछ । छनोटका लागि नेपाल तयार रहेको नेपाली यू–२० महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले बताएका छन् ।
आज भएको प्रि–म्याच कन्फ्रेरेन्समा प्रशिक्षक गुरुङले यस्तो बताएका हुन् ।
समूह ए मा रहेको नेपालले भोली घरेलु टोली भुटानसँग खेल्दै छनोटको सुरुवात गर्नेछ । खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरु हुनेछ ।
यस्तै युवा टोलीका कप्तान बिर्सना चौधरीले पनि नेपालको तयारी राम्रो रहेको बताएकी छन् । नेपाली जुनियर महिला टोली एसियन कपमा पुग्ने लक्ष्यसहित भुटान पुगेको हो ।
नेपालले समूहको दोस्रो खेल अगष्ट ८ मा साउदी अरेबियासँग खेल्दा, अन्तिम खेल अगष्ट १० मा उत्तर कोरियासँग खेल्ने छ ।
यसअघि बंगलादेशको ढाकामा जुलाई ११ देखि २१ सम्म भएको साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो ।
फाइनलमा नेपाल घरेलु टोली बंगलादेशसँग पराजित भएको थियो ।