खेलकुद

एसिया कप छनोटबाट नेपाल बाहिरियो, उत्तर कोरियासँग ११–० ले पराजित

- केएफएम डेस्ककाठमाडौं

नेपाल एएफसी यू–२० महिला एसिया कपको छनोटबाट बाहिरिएको छ । 

भुटानमा जारी प्रतियोगितामा उत्तर कोरियासँग ११–० को फराकिलो अन्तरले पराजित भएसँगै नेपाल छनोट हुनबाट बञ्चित भएको हो । जितसँगै तीन पटकको विश्व विजेता र दुई पटकको एसिया कप विजेता उत्तर कोरिया समूह ए को विजेताका रुपमा फाइनल राउन्डका लागि छनोट भएको छ । उत्तर कोरियाले अब अर्को वर्ष थाइल्यान्डमा हुने यू–२० प्रतियोगिता खेल्नेछ । 

उत्तर कोरियाले यसअघि साउदी अरेबियालाई १५–० र भुटानलाई १०–० ले हराएको थियो । पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरीमा रोकिएको नेपालले दोस्रो खेलमा साउदी अरेबियालाई १–० ले हराएको थियो ।