खेलकुद

ताप्लेजुङ गोल्डकपमा आजबाट सेमिफाइनलका खेलहरु हुने

- आनन्द गौतमकाठमाडौं

ताप्लेजुङमा जारी तेश्रो ताप्लेजुङ गोल्डकप अन्तर्गत आजबाट सेमिफाइनलका खेल सुरु हुदैछन् ।

पहिलो सेमिफाइनलमा ललितपुरको चर्च ब्वाइज युनाइटेड र सुनसरीको द योङ ब्रदर्स क्लब इटहरीबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

चर्चब्वाइज लिजेन्ड फुटबल एकेडेमी सिलिगुडी भारतलाई १–० ले र द योङ ब्रदर्स आयोजक तेल्लोक स्पोर्टिङ क्लब ताप्लेजुङलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् ।

यसअघि हिजो भएको खेलमा सिरहाको सलहेस युवा क्लबले फिदिम स्पोर्टिङ क्लबलाई ६—० गोलअन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

आठ टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि विजेताले सात लाख र उपविजेताले तीन लाख ५० हजार प्राप्त गर्ने छन् ।