म्याट्रिक्स फाइट नाइट बान्टमवेट च्याम्पियन ढाँट सम्मानित
- काठमाडौंसरकारले म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन बन्न सफल बझाङका रवीन्द्र ढाँटलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।
भारतीय प्रतिद्वन्द्वीलाई हराउँदै च्याम्पियन बनेका ढाँटलाई सरकारले प्रोत्साहनस्वरुप नगद पुरस्कार दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले उहाँलाई सो रकम प्रदान गर्ने जनाएको छ ।
समाजिक सञ्जालमा मन्त्रीपरिषद्को निर्णय सुनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले ढाँटका प्रशिक्षकलाई दुई लाख रुपैयाँ दिने जानकारी दिनुभयो ।
गत शनिबार भारतमा भएको प्रतिस्पर्धामा रवीन्द्रले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गर्नुभएको हो ।