टप इण्ड टी–२० सिरिज पश्चात नेपालले अष्ट्रेलियामा थप अभ्यास खेल खेल्ने
- काठमाडौंनेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले आजबाट सुरु टप इण्ड टी–२० सिरिज पश्चात थप पाँच अभ्यास खेलहरु खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले आज एक विज्ञप्ति जारी गर्दै नेपालले थप अभ्यास खेलहरु खेल्ने जानकारी गराएको हो ।
अभ्यास खेलहरु अन्तर्गत नेपालले अगस्ट २६ देखि ३० सम्म एसीटी र साउथ अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले अगस्ट २६ मा एसीटीसँग २ खेल खेल्नेछ भने अगस्ट २८ मा साउथ अष्ट्रेलियासँग २ खेल खेल्नेछ ।
त्यस्तै अगस्ट ३० मा साउथ अष्ट्रेलियासँग वान डे म्याच खेल्नेछ ।
टप इण्ड टी–२० सिरिज अन्तर्गत नेपालले आफ्नो पहिलो खेल भोली नर्दन टेरिटोरीसँग खेल्नेछ । सो खेल दिउँसो सवा २ बजे सुरु हुनेछ ।
नेपाली टोली आईसीसी टी–२० विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया गएको हो ।