ताप्लेजुङ गोल्डकपको उपाधिका लागि सलहेस र चर्च ब्वाइज भिड्ने
- ताप्लेजुङताप्लेजुङ गोल्डकप फुटबलको उपाधिका लागि सिरहाको सलहेस युवा क्लब र ललितपुरको चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने भएको छ ।
आज भएको दोस्रो सेमिफाइनलमा झापाको रेडस्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै गत वर्षको उपबिजेता सलहेसले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
फुङलिङको भानुजन माविको खेल मैदनमा भएको खेलमा सलहेसलाई जित दिाउन युसुफ मल्लिकले दुई गोल गरे ।
यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा सुनसरीको द योङ ब्रदर्स क्लबलाई ट्राइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज फाइनलमा स्थान बनाइसकेको छ । प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ ।