खेलकुद

फ्रान्सेली लिग वानमा पीएसजीको विजयी सुरुवात

- केएफएम डेस्ककाठमाडौं

पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रान्सेली लिग वानमा विजयी सुरुवात गरेको छ ।

गएराति भएको खेलमा डिफेन्डिङ च्याम्पियन पीएसजीले नेन्ट्सलाई १–० गोलले हराएको हो ।

भिटिन्हाले खेलको ६७ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

पीएसजीले पछिल्लो साता मात्रै टोटनहमलाई हराएर यूईएफए सुपरकपको उपाधि जितेको थियो ।