खेलकुद

एनपीएलको दोस्रो संस्करण मंसिरमा

- केएफएम डेस्ककाठमाडौं

नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ गतेसम्म हुने भएको छ । 

नेपाल क्रिकेट संघ क्यानले आज प्रेस विज्ञप्तिमार्फत प्रतियोगिताको मिति घोषणा गरेको हो । 

प्रतियोगितामा साबिक विजेता जनकपुर बोल्ट्ससहित सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स, चितवन राइनोज, काठमाडु गोर्खाज र विरागनगर किंग्सले प्रतिस्पर्धा गर्नेछन् ।

 प्रतियोगिताको पहिलो संस्करण २०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा भएको थियो । 

सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो । 

यस पटक पनि प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमै हुने आयोजक क्यानले जनाएको छ ।