टप इण्ड टी–२० श्रृंखलाअन्तर्गत नेपालले आज पाकिस्तानको सामना गर्दै
टप इण्ड टी–२० श्रृंखलाअन्तर्गत नेपालले आज पाकिस्तानको सामना गर्दैछ । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी खेलमा नेपाल पाकिस्तानसँग भिड्न लागेको हो । श्रृंखला अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र पाकिस्तान नेपाली समय अनुसार आज दिउँसो सवा ३ बजे आमने सामने हुनेछन् । सहभागी ११ टोलीमध्ये नेपाल अंक तालिकाको सातौँ स्थानमा छ । त्यसैले नेपालले आजको खेल जित्नै पर्ने दबाब छ । जारी श्रृंखलामा नेपालले यसअघि लगातार दुई खेल जितेको छ । सुरूका तीन खेल हारेको नेपालले चौथो खेलमा होबर्ट हरिकेन्सलाई र पाँचौ खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीलाई हराएको थियो ।